मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग गर्दै मार्च (तस्वीरहरू)
ललितपुर महानगरपालिका पुल्चोकदेखि मंगलबजारसम्म शुक्रबार दिउँसो ‘मातृभाषा मार्च’ भएको छ। विभिन्न नारा लेखिएका ब्यानरसहित प्रदर्शनकारीले मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग गरे।
जनकवि दुर्गालाल श्रेष्ठको कविता ‘जातिको ज्यान हो भाषा’ वाचन गर्दै अभियन्ताहरूले ‘मातृभाषा मार्च’ गरेका हुन्। मार्चमा लेखक खगेन्द्र संग्रौला, तुलानारायण शाह, अमृत योन्जन, अरुणदेव जोशी, बालकृष्ण माबुहाङ लगायत अभियन्ताहरू सहभागी थिए। दुई साताअघि बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेकै कारण पक्राउ परेका अभियन्ता सुमन सायमी पनि मार्चमा सहभागी थिए। मार्च पुलचोकदेखि मंगलबजार पुगेर कोणसभामा परिणत भएको थियो।