कार्डबाट मात्रै ई–कमर्शमा मासिक ८२ करोडको कारोबार, अनलाइनको सहजताले नगदरहित कारोबार बढ्दै
पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार बढ्न थालेको छ। नेपाल राष्ट्र ब्यांकको तथ्यांक अनुसार नगदरहितको कारोबार वालेट, क्युआर कोड, कार्डमार्फत ई–कमर्शको भुक्तानी, इन्टरनेट ब्यांकिङ, मोबाइल ब्यांकिङसहितका प्रविधिको प्रयोग मासिक रुपमा बढ्दै जान थालेका छन्।
नेपालमा बढ्दै गएको अनलाइन व्यापारका कारण वालेट, मोबाइल ब्यांकिङसँगै कार्डबाट हुने भुक्तानी बढ्दै गएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महीनाको तथ्यांकमा ई–कमर्शबाट भएको कारोबार मासिक रु=८२ करोड पुगेको छ।
कार्डको प्रयोग गरी अनलाइनमार्फत भएको यस्तो भुक्तानीको तथ्यांक राष्ट्र ब्यांकले साउनदेखि राख्न थालेको छ। तथ्यांक अनुसार साउनमा १ लाख ६८ हजार ६३७ वटा कारोबारबाट रु=१ अर्ब २० करोड कारोबार भएको थियो।
त्यसपछिका महीनामा भने यो भन्दा कम कारोबार भएको छ।
बन्दाबन्दीपछि नेपालमा पनि अनलाइनको कारोबार बढ्दै गएको छ भने ई–कमर्शलाई अवसर सिर्जना हुँदै गएका छन्। अनलाइनको कारोबार बढ्न थालेको र ई–कमर्शमा भुक्तानी पनि वालेसँगै कार्डबाट हुन थालेको छ।
भदौमा भने साउनको तुलनामा कारोबार संख्या र कारोबार रकम दुबै घटेको छ। भदौमा ८७ हजार कारोबार रु=५६ करोडको कारोबार ई–कमर्शमा भएको छ। यस्तो कारोबार असोजमा १ लाख १३ हजार वटा काराेबारबाट रु=७९ करोडको कारोबार भएको थियो भने कात्तिकमा १ लाख १२ हजार वटा कारोबारबाट रु=८२ करोडको कारोबार भएको पनि तथ्यांकमा उल्लेख छ।
बन्दाबन्दीपछि नेपालमा पनि अनलाइनको कारोबार बढ्दै गएको छ भने ई–कमर्शलाई अवसर सिर्जना हुँदै गएका छन्। अनलाइनको कारोबार बढ्न थालेको र ई–कमर्शमा भुक्तानी पनि वालेसँगै कार्डबाट हुन थालेको छ। तथ्यांक अनुसार कारोबार रकसँगै कारोबार संख्या पनि मासिक रुपमा बढ्दै गएको देखिन्छ।
राष्ट्र ब्यांकले तयार पारेको यस्तो तथ्यांकमा नेपालमा क्युआरमा आधारित, वालेट, मोबाइल ब्यांकिङसहितको कारोबार उल्लेख रूपमा बढ्दै गएको छ। यस्तो तथ्यांक अनुसार वालेटबाट कात्तिकमा भएको कारोबार रु=८ अर्ब ८५ करोड, मोबाइल ब्यांकिबाट भएको कारोबार २५ अर्ब ५६ करोड छ। यो अवधिमा क्युआरमा आधारित भुक्तानी पनि रु=९३ करोडको भएको छ।