HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
ताराबाजी लैलै बौद्धिक
ताराबाजी लैलै बौद्धिक कनकमणि दीक्षित जनआकांक्षासँग मेल नखाने अभियानले प्रदेश–२ लाई नराम्ररी अल्मलायो मात्र ।आखिर एकैचोटि नभई, पहिलोमा नपरी, दोस्रोमा पनि अपहेलित भई, २ असोज तेस्रो चरणको चुनावद्वारा प्रदेश–२ लाई जनप्रतिनिधि चुन्ने मेसो मिल्यो। र प्रदेश–२ का जनता अन्यत्रका सरह हुन पुगे। र, स्थानीय निर्वाचनमा ७७ प्रतिशत मत खसाउँदै मनको कुरा खोले। अझै खाडी र मलेशिया पुगेका मतदाता युवा घरमै हुँदा हुन् त ८२–८५ प्रतिशत उपस्थिति हुने अवस्था रहेछ।