HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
न्यू योर्कमा बज्राचार्य मुकुट आज काठमाडौं उपत्यकाका बज्राचार्यहरूले प्रयोग गर्ने मुकुटहरूले एक हजार वर्षभन्दा लामो दक्षिण एशियाली र नेपाली इतिहास समेटेका छन् । बज्राचार्य मुकुटको यो प्रदर्शनी नेपाल ल्याइए ऐतिहासिक यो सम्बन्ध बुझ्न अझै सहज हुनेथियो ।
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन् -कनकमणि दीक्षित खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ विरुद्ध तत्कालै निर्णय लिई आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ । यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।
मार्गदर्शक आस्मा मानवअधिकार, सामाजिक न्याय तथा लोकतन्त्रका विद्यार्थीले बुझ्नैपर्ने नाम हो– आस्मा जहाँगीर। अधिकांश नेपालीले आस्मा जहाँगीरको नाम नै नसुनेको अवस्थामा उनको देहावसान भयो । तर त्यस्तो जीवन नरहँदा पनि हाम्रो लागि प्रेरक हुन सक्दछ, हुनुपर्छ । नेपालमा कानून पढ्ने, मानवअधिकारमा लागिपर्ने, सामाजिक उत्थानमा कार्यरत– जोकोहीलाई आस्माको उदाहरणीय जीवनले सदैव प्रेरणा देओस् ।