HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
भ्यागुता महात्म्य

प्रकृतिमाथि अहिले जसरी नै प्रहार गरिरहने हो भने एक दिन भ्यागुता लोप हुन्छन्, त्यसको लगत्तै मानव जाति ।

फोटोग्राफीको लोकतन्त्रीकरण

सेल्फीको जमानामा छौं हामी, तर डिजिटल फोटोग्राफीको फराकिला सम्भावना पनि खोतलिंदैछन् ।

ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन् उकालो लाग्दा
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्

-कनकमणि दीक्षित
खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ विरुद्ध तत्कालै निर्णय लिई आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ ।

यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।