प्रधानमन्त्रीज्यू, विद्वत्ताको बोझले गाह्रो पार्यो !
अन्ततः महामारीले जनधनको यति धेरै क्षति गरेपछि प्रधानमन्त्री ओलीलाई आफ्नै विद्वत्ताको बोझले थिच्यो। नेपालीको रोगप्रतिरोधी क्षमता असाधारण रहेको आफ्नो दाबी गलत रहेको उनले स्वीकार गरे। तर, यसो भनिरहँदा जति मान्छे निको भएका छन् त्यसमा इम्युन सिस्टमको भूमिका हुन्छ भन्दै आफ्नो 'विज्ञता' को पुन: बचाउ गर्न भने छाडेनन्।