HimalKhabar.com :: A Complete Nepali Political News Portal
मैत्री सन्धिको काँडा
मैत्री सन्धिको काँडा - ज्ञानमणि नेपालभीमसेनको भूल सुधार भइसके पनि नेपालीको मनलाई 'शान्ति तथा मैत्री सन्धि' को काँडाले घोचिरहेकै छ।जंगबहादुरले लडाइँबाट गुमेका नयाँ मुलुक (बाँके, वर्दिया, कैलाली र कञ्चनपुर) ब्रिटिशसँग मिलेरै जोडे भने युद्ध लडेरै भोटमा नेपालको प्रभाव जमाए। भोटलाई सय वर्षसम्म कर तिराए। भोटमा निःशुल्क र विना व्यवधान नेपालीको व्यापार चलाए। पृथ्वीनारायण शाह र बहादुर शाह पछि नेपालमा सम्झनलायक शासक यिनै भए।
 चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड
चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड ज्ञानमणि नेपाल कोही नेपालमाथि थिचोमिचो गर्न आयो भने चाहिं नेपालीहरू नेपालको शानको लागि ज्यान फाल्न पनि तयार हुने महाराजले बताएका छन्। लाछी भएर बाँच्नु भन्दा लडाईंमा वीरगति पाउनु कता हो कता ठूलो कुरा हो भन्दै महाराजले रेजिडेन्टलाई सम्झाए, “आफ्नो स्वतन्त्रता बचाउनलाई नेपाल कहिल्यै पछि हट्ने छैन, हाम्रा मित्र ब्रिटिशले पनि त्यस्तो कुरा गर्ने छैनन् र नेपाललाई स्वतन्त्र राख्नमा तिनको पनि भलाइ छ।”पहिले जंगबहादुरले ब्रिटिश रेजिमेन्टमा गोर्खाली रिकुट भर्ना हुन दिएनन्, बरु भर्ना गर्न लैजानेलाई ज्यान सजायसम्म दिए। रणोद्दीप सिंहको पालामा पनि यो कुरा कायम रह्यो। युवालाई बाहिर जान दिंदा मुलुककै तागत घटछ, देश कमजोर हुन्छ भन्ने नेपालीका मनमा रहेको जान्दाजान्दै पनि आफूले दोस्तीको खातिर त्यो प्रतिबन्ध फुकुवा गरेको महाराजले बताए।
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति -ज्ञानमणि नेपाल“चीनलाई नेपालमा जम्न ब्रिटिश सरकारले कहिल्यै दिने छैन”, सं. १९६४ मा अंग्रेज रेजिडेन्ट जेम्यानर्स स्मिथले बोलेको यही वाक्य अहिले २०७३ सालमा पनि स्वतन्त्र भारतका नेपालनीतिका जानिफकारहरू दोहोर्‍याइरहेका छन्। भारतले बारम्बार नाकाबन्दी गरेर नसताएको भए नेपालले पुरानो मित्रराष्ट्र चीनसँग बेपार, पारवहन तथा यातायात सन्धि गर्थ्यो त? अहिले भारतमा सञ्चार माध्यमले कोकोहोलो मच्चाइरहेका छन्, के भन्नु?त्यसबेला ब्रिटिश भारतका अधिकारीहरू चीनको त्रास देखाएर नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्थे। महाराजले पनि त्यो अनुभव गरेकै थिए। ब्रिटिश अधिकारीहरू भने सधैं यही कुरा उठाइरहन्थे। चीनको हाउगुजी देखाएर नेपाललाई कजाउने ब्रिटिश सरकारको नेपाल नीति थियो। आश्चर्य, आज डेढ सय वर्षपछि स्वतन्त्र भारतको नेपाल नीति त्यही छ।