HimalKhabar.com :: A Complete Nepali Political News Portal
जंगबहादुरको द्वैधनीति

सुगौली सन्धिबाट परेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेर जंगबहादुरले भोटसँग युद्ध–उद्योग गरेका थिए।

६४ साल पर्व

ज्ञानमणि नेपाल
चौसठ्ठी साल पर्वमा पूर्वका निकै मानिस लागेका थिए। यसमा लागेका मानिस र दण्डसजायको स्वरुप हेर्दा यो निकै डरलाग्दो भएको बुझिन्छ, तर तुरुन्तै यसलाई दबाइयो। 

सबैलाई मार्ने, मुड्ने, सर्वस्व गर्ने, मास्ने आदि दण्डसजाय गरियो। तिनको सर्वस्व गरेर जायदाद र जहानपरिवारसमेत ल्याउन केन्द्रबाट हवल्दार केहरसिंह थापा खटाइएका थिए। 

नेपाललाई अँचेटिराख्ने दाउ (इतिहास) टिप्पणी
नेपाललाई अँचेटिराख्ने दाउ (इतिहास)

६ थरी भारदारको अथक् प्रयत्नले नेपालको सीमा ६ दशकसम्म पूर्वमा टिष्टा र पश्चिम सतलज पारिसम्म पुग्यो। यसरी पृथ्वीनारायण जस्ता विजिगीषु (विजयको इच्छा गर्ने) राजा, बहादुर शाह जस्ता षाड्गुण्यपारङ्गत (राजनीतिका ६ वटै गुणमा पारङ्गत) र सुझबुझ भएका नायव र त्यस्तै सुझबुझ भएका ६ थरी भारदारको जमघटबाट नेपाल एकीकरण सम्पन्न भएको हो।

सुगौली सन्धिपछि नेपालले ब्रिटिश सरकारले खटाएर दिएका हतियार किनेर ल्याउनुपर्‍यो। चन्द्रशमशेरले चाहिए जति हतियार किनेर लिन पनि मगन्ते जस्तो दयापात्र बन्नु परेको बेखुशी ब्रिटिश विदेश सचिवसँग प्रकट गरेथे।

राणाकालकै पनि प्राइमिनिष्टरहरू विदेशीसँग नेपालको अधिकार जताएर बात गर्थे, अहिलेकाहरू त आदेश शिरोपर गर्न अघि सर्छन्।

  चन्द्रशम्शेरको  स्वतन्त्रतामा जोड दस्तावेज
चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड

ज्ञानमणि नेपाल
कोही नेपालमाथि थिचोमिचो गर्न आयो भने चाहिं नेपालीहरू नेपालको शानको लागि ज्यान फाल्न पनि तयार हुने महाराजले बताएका छन्। लाछी भएर बाँच्नु भन्दा लडाईंमा वीरगति पाउनु कता हो कता ठूलो कुरा हो भन्दै महाराजले रेजिडेन्टलाई सम्झाए, “आफ्नो स्वतन्त्रता बचाउनलाई नेपाल कहिल्यै पछि हट्ने छैन, हाम्रा मित्र ब्रिटिशले पनि त्यस्तो कुरा गर्ने छैनन् र नेपाललाई स्वतन्त्र राख्नमा तिनको पनि भलाइ छ।”

पहिले जंगबहादुरले ब्रिटिश रेजिमेन्टमा गोर्खाली रिकुट भर्ना हुन दिएनन्, बरु भर्ना गर्न लैजानेलाई ज्यान सजायसम्म दिए। रणोद्दीप सिंहको पालामा पनि यो कुरा कायम रह्यो। युवालाई बाहिर जान दिंदा मुलुककै तागत घटछ, देश कमजोर हुन्छ भन्ने नेपालीका मनमा रहेको जान्दाजान्दै पनि आफूले दोस्तीको खातिर त्यो प्रतिबन्ध फुकुवा गरेको महाराजले बताए।