HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः भदौ १६
राज्य, राजनीति, मिडिया र समाज को कहाँ चुक्यौं?
राज्य, राजनीति, मिडिया र समाज को कहाँ चुक्यौं? भीडको स्वस्फूर्त अभिव्यक्ति भन्ने केही हुँदैन। कुनै पनि भीड कसरी प्रस्तुत हुन्छ भन्ने कुरा त्यो कुन घटनाबाट संवाहित भएको छ, सरकार, सञ्चार माध्यम, पार्टी आदिले सो घटनाको कस्तो व्याख्या गरेका छन् र त्यसमा कुन राजनीतिक आग्रह घुसेको छ भन्ने कुराले निर्देशित गर्दछ।