समता स्कुल दोलखामा पनि
समता फाउण्डेशनले सञ्चालन गरिरहेको समता स्कुल दोलखामा पनि शुरु भएको छ ।
दोलखामा हाल नर्सरी, एलकेजी र यूकेजी कक्षा सञ्चालन गरिने र हरेक वर्ष कक्षा थप गर्दै लगिने समता फाउण्डेशनका निर्देशक दीपक सञ्जेलले बताएका छन् । तीन तहमा हाल दुई सय २० जना विद्यार्थी रहेका छन् ।
आर्थिक अभावका कारण शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी शुरु गरिएको समता स्कुलको हरेक तहमा भर्नाको लागि एक सय ५० रुपैंया र मासिक शुल्क एक सय रुपैंया लाग्ने गरेको छ । सन् २००१ बाट शुरु भएको समता शिक्षा अभियानमा हाल ५० हजार विद्यार्थी आबद्ध भएको समता फाउण्डेशनले जनाएको छ । दोलखासँगै समता ५१ स्थानमा विस्तार भएको फाउण्डेशनले जनाएको छ ।
समता अभियान अन्र्तगत राजधानी काठमाडौँमा नर्सिङ कक्षासमेत शुरु भएको र छिट्टै एमबिए तथा एमबिबिएस तह समेत सञ्चालन गरिने निर्देशक दीपक सञ्जेलको भनाई छ ।
सर्मिला बुढाथोकी