उर्जामा साढे २ खर्ब लगानी आवश्यक
दिगो विकास लक्ष्यले सबैका लागि उर्जा पुर्याउन गरेको परिकल्पना पूरा गर्नका लागि नेपालको उर्जा क्षेत्रमा रु.२ खर्ब ६० अर्ब लगानी आवश्यक देखिएको छ ।
दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सवै नागरिकमा उर्जाको पहुँच पुर्याउने लक्ष्य लिएको छ । नेपालमा अहिले पनि कूल जनसंख्याको १२ प्रतिशत मानिस विद्युत्को पहुँचभन्दा बाहिर छन् ।
कूल जनसंख्याको ६३ प्रतिशत जनसंख्याले खाना पकाउनको लागि परम्परागत दाउरा तथा गुइठालाई उर्जाको रुपमा प्रयोग गरिरहेका छन् ।
परम्परागत उर्जालाई कार्बन उत्सर्जनको मुख्य स्रोत मानिन्छ । जसले मानिसको स्वास्थ्यमा स्वाश प्रश्वास जस्ता रोगहरु उत्पन्ने गराउने र त्यसका कारण नेपालमा बार्षिक २० हजार जना मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्राक्टिकल एक्सन नेपालले सोमबार राजधानीमा आयोजना गरेको उर्जा सम्बन्धी छलफल कार्यक्रममा उर्जा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले दिगो विकास लक्ष्यले उर्जा क्षेत्रमा परिकल्पना गरेको लक्ष्यलाई पूरा गर्न उर्जामा लगानीको खाँचो औल्याए ।
उर्जा उपभोक्ताहरुका लागि उर्जा नियमित, सर्वसुलभ र दिगो हुनुपर्ने धितालको भनाई थियो । कार्यक्रममा सहभागीहरुले उर्जाको अधिकतम उपयोग गरी जीविकोपार्जनमा सूधार ल्याउनुपर्नेमा जोड दिएका थिए । उर्जाको प्रयोग गरिबी निवारणमा केन्द्रीत हुनुपर्ने सहभागीको भनाइ थियो ।
कार्यक्रममा प्राक्टिकल एक्सनका नेपाल प्रमुख अच्युत लुइँटेल उर्जाको खपतलाई बढाएर त्यसलाई जीविकोपार्जनमा प्रयोग गर्नुपर्ने बताउँछन् । प्राक्टिकल एक्सनले स्थानीय तहमा भएका उर्जाको खपत र त्यसबाट उत्पादित वस्तुहरुलाई समेत प्रदर्शनीम राखेको थियो ।
प्रर्दशनीमा बाग्लुङ, रसुवा, दाङ्ग, पर्सा, ललितपुर, गोर्खा र धादिङमा उत्पादित सामाग्री तथा उर्जाको प्रयोग सम्वन्धी जानकारी दिन स्टलहरु पनि राखिएको थियो ।