महरा बिरुद्ध जबर्जस्ती करणी अभियाेगमा मुद्दा दर्ता
निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध जबर्जस्ती करण अभियोगमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको हो । समय अभाव भएकाले थुनछेक बहस भने शुक्रबार मात्रै हुने भएको छ ।
...
अस्पतालबाट महरालाई अदालत लगिंदै
जबर्जस्तीकरणी सम्बन्धी अभियोग दर्ता गर्ने सरकारी वकिल कार्यालयको निर्णय पछि कृष्णबहादुर महरालाई अस्पताल जिल्ला अदालत काठमाडौं लगिदैछ ।
अस्पताल स्रोतका अनुसार, प्रहरीको पत्र आएकाले जिल्ला अदालत लैजाने तयारी गरिएको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार, अहिले केही बेरमै मुद्दा दर्ता हुनेछ । महरा विरुद्ध मुलुकी अपराध संहिताको दफा–२१९ अन्तर्गत जर्बजस्ती करणी उद्योगको अभियोगमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
प्रहरीको सिफारिस अनुसार, महरा विरुद्ध मुद्दा चलाउने सरकारी वकिलको कार्यालयले तयारी गरेको छ । १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका महरालाई १९ असोजमा पक्राउ गरिएको हो ।
डिस्चार्ज नगरिएकाले महरा अदालतबाट फेरि अस्पताल नै फर्कने छन् ।