नासाको इनसाइट ल्यान्डरले मंगलग्रहमा अनौठो आवाज रेकर्ड गर्यो
नासाले मंगलग्रहमा एक उपकरणको माध्यमबाट एकसय वटा अनौठा आवाज रेकर्ड गरेको जनाएको छ । अब यसको अध्ययन शुरु गरेको छ ।
मंगल ग्रह एक रहस्ययी ग्रहको रुपमा रहेको छ । यस ग्रहको अध्ययन गर्न विश्वले नै चासो देखाएको छ । अहिलेसम्म यहाँ पानी, हिउँ, गुरुत्वाकर्षण आदि बारे अनुसन्धान गरिएको छ ।
अब नासाले यहाँ एक उपकरणका माध्यमबाट यहाँ आउने अनौठा आवाज रेकर्ड गरेको छ । नासाले ती आवाजको अध्ययन पनि थालेको छ ।
वैज्ञानिकहरू मंगल ग्रहमा मानवका लागि अनुकूल वातावरणबारे पनि अनुसन्धान गरिरहेका छन् ।
–एजेन्सी