आयोजक सिंगापुर विरुद्ध भिड्दै नेपाल
त्रिकोणात्मक सिरिजसमा नेपाल आज आयोजक सिंगापुर विरुद्ध खेल्दैछ ।
साँझ ५ः१५ बजे नेपाल घरेलु मैदानमा सिंगापुर विरुद्ध दोस्रो खेल पनि जित्ने तयारीका साथ मैदान उत्रदैछ । सिंगापुर सँग पहिलो खेलमा नेपालले शानदार जित निकालेको थियो ।
कप्तान पारस खड्काको विश्व कीर्तिमानी सतकसँग नेपाल नौ विकेटले विजयी हुँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । तर, जिम्बाबे सँग दुवै खेलमा पराजित भएपछि नेपालले अग्रता गुमाएको छ ।
आज सिंगापुर सँग जित निकाल्दै रनरेटका आधारमा उपाधिको दाबेदार बन्ने दाउमा छ नेपाल । त्रिकोणत्मक खेलमा तीन मध्ये दुई खेल गुमाएपनि आयोजक सिंगापुरले जिम्बाबे सँगको पहिलो खेलमा जित निकालेकाले नेपालसँग उपाधिको अझै झिनो आशा बाँकी छ ।