एनसेल र सामसङबीच बन्डलिङ सेवा प्रदान गर्ने समझदारी
एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस-२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउने समझदारी भएको छ।
यस साझेदारी अन्तर्गत एस-२४ सिरिज खरीद गर्न अग्रिम बूकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउनेछन्। सामसङ नेपालले ग्यालेक्सी एस-२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बूकिङ शुरू गरिसकेको छ।
अग्रिम बूकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महीनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउनेछन्।
संसारकै अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाउँदा उत्साहित बनेको बताउँदै एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “ग्यालेक्सी एस-२४ सिरिज सबैभन्दा विशेष छ किनकि हामीले अग्रिम बूकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दै छौं।”
यस सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाइभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन-डिभाइस सुविधाहरू प्रदान गर्नेछ। यस सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
सामसङ फोन स्टोरमा गएर अग्रिम बूकिङ गर्न सकिनेछ। माघ २३ गतेसम्म वा स्टक रहँदासम्म अग्रिम बूकिङ गर्दा बड्स, ट्याबलेट लगायत आकर्षक उपहार समेत पाउन सकिने सामसङ नेपालले जनाएको छ।