एकीकृत समाजवादीबाट रिजाल र मल्ल उम्मेदवार
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ।
एकीकृत समाजवादीको सचिवालय बैठकले बागमतीबाट घनश्याम रिजाल र कर्णालीबाट सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जनाएका छन्। दोलखाका रिजाललाई दलिततर्फबाट र दैलेखकी मल्ललाई महिलातर्फबाट उम्मेदवार बनाएको हो।
गठबन्धनमा सहभागी दलले गरेको सीट बाँडफाँडमा एकीकृत समाजवादीको भागमा दुई सीट परेको थियो। त्यस्तै, नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६ र जनता समाजवादी पार्टी (जसपा)ले एक सीट पाएका छन्।
राष्ट्रिय सभामा रिक्त १९ सीटका लागि आउँदो माघ ११ गते निर्वाचन हुँदै छ। त्यसका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।