यो निर्वाचन प्रणालीबाट कसैको बहुमत आउँदैन, परिवर्तन गरौंः एकीकृत समाजवादीको घोषणापत्र (पूर्ण पाठ)
नेकपा (एकीकृत समाजवादी)ले अहिलेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन नसक्ने निष्कर्ष निकालेको छ।
काठमाडौंमा कात्तिक १४ गते सार्वजनिक घोषणापत्रमा एकीकृत समाजवादीले निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएको उल्लेख गरेको छ।
“यो जटिल पनि छ र कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ,” एकीकृत समाजवादीको घोषणापत्रमा भनिएको छ, “कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ।”
प्रतिनिधि सभा र प्रदेश सभामा ६० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित र ४० प्रतिशत समानुपातिकबाट निर्वाचित हुने मिश्रित निर्वाचन प्रणाली छ। यो प्रणालीले स्थिरता नदिने एकीकृत समाजवादीको निष्कर्ष छ।
यस्तो छ घोषणापत्रको पूर्ण पाठ