प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार परियार उम्मेदवार बन्न अयोग्य
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।
लाभको पदमा रहेको भन्दै आयोगले परियारको नाम हटाएको हो। आयोगले परियार सहित ५५० उम्मेदवारको नाम हटाएको हो। कांग्रेसले आयोगमा बुझाएको सूचीमा परियारको नाम दलित पुरुषतर्फको चौथो नम्बरमा राखेको थियो।