कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार शर्मालाई घोषणापत्र तयारी समिति संयोजक चयन गरेका हुन्। कांग्रेसको विधान बमोजिम शर्मालाई घोषणापत्र तयारी समितिको संयोजक मनोनीत गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
महामन्त्री शर्मा नेतृत्वको समितिले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयार गर्नेछ।
यसअघि स्थानीय चुनावमा कांग्रेसको घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री गगन थापाले पाएका थिए। यस पटक सभापति देउवाले घोषणापत्र तयार गर्न शर्मालाई चुनेका छन्।