प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिरः कांग्रेस
ललितपुरस्थित एक अस्पतालमा उपचाररत नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले भदौ ४ गते साँझ विज्ञप्ति मार्फत नेता गिरिको अवस्थाबारे जानकारी दिएका हुन्। "हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ," विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पताल पुगेर नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।