एउटै रूखमा मृत भेटिए तीन किशोरी
झापाको कचनकवल गाउँपालिकाको एउटै रूखमा तीन किशोरी मृत भेटिएका छन्।
कचनकवल–५ की १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश शनिबार हराएका थिए। उनीहरू आज मृत झण्डिएको अवस्थमा भेटिएको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले बताए।
उनका अनुसार, तीनै जना कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको बयरको रूखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
दुई जना एउटै हाँगामा र एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा भेटिएको पाठकले बताए।
प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि कारण खुल्न नसकेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।