जसपाले दुई अध्यक्षको व्यवस्था हटाउने
जनता समाजवादी पार्टी (जसपा) ले दुई अध्यक्षको व्यवस्था हटाउने भएको छ।
पर्साको वीरगञ्जमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले विधान संशोधनको प्रस्ताव पेश गरेका छन्। जसमा एक मात्र अध्यक्ष रहने उल्लेख छ।
जसपामा यसअघि एक संघीय परिषद् अध्यक्ष र दुई केन्द्रीय समिति अध्यक्षको व्यवस्था थियो। जस अनुसार‚ संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय अध्यक्षहरूमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए। ठाकुरले जसपाबाट अलग भई लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेकाले जसपाको एक अध्यक्ष रिक्त थियो। रिक्त रहेको एक अध्यक्ष पूर्ति नगरी दुई अध्यक्षको व्यवस्था नै हटाउने प्रस्ताव गरिएको छ।