भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी
काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ।
प्रहरीका अनुसार भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले भरखरै आगलागी भएको बताए। आगो निभाउने प्रयास जारी रहेको उनले बताए।