देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति
श्रीलंकाका राष्ट्रपति गोटाबय राजापाक्षे देश छाडेर भागेका छन्। ७३ वर्षीय गोटाबयले सैन्य विमानबाट स्थानीय समय अनुसार मंगलबार राति ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ।
गत शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जा गरेका थिए। त्यसपछि उनी लुकेर बसेका थिए। गोटाबयले आइतबार राजनीनामा घोषणा गरेका थिए।
गोटाबय भागेपछि प्रदर्शनकारीहरूले खुशियाली मनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेर अमेरिका गएको बताइएको छ।
राजपाक्षे परिवारको कुशासनका कारण देश आर्थिक टाट पल्टेपछि हजारौंको सङ्ख्यामा रहेका प्रदर्शनकारीले राजधानी कोलम्बोमा राजापक्षको राजीनामा माग गर्दै महीनौंदेखि आन्दोलन गर्दै आएका थिए।