बाबुरामका दुई विकल्पः नयाँ पार्टी बनाउने वा एकीकरण गर्ने? (प्रतिवेदनको पूर्ण पाठ सहित)
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूहरूसँग नयाँ बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने वा विचार मिल्ने शक्तिसँग एकीकरण गर्ने विकल्प रहेको बताएका छन्।
आजदेखि शुरू भएको आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा भट्टराईले ‘पार्टी पुनर्गठनको औचित्य र कार्यभार’ शीर्षकको २० पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा आफूहरूसँग नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने वा विचार नीति‚ कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य‚ ध्रुवीकरण‚ एकीकरण गर्दै जाने विकल्प रहेको उल्लेख गरेका छन्।
यस्तै‚ पार्टी एकता भएसँगै अध्यक्ष उपेन्द्र यादव समूह पार्टी कब्जामा लागेको आरोप पनि लगाएका छन्। एकीकरणपछि सबै पक्षको सम्मानजनक समायोजन नगरी विभिन्न झमेला सिर्जना गरी कार्यकर्ताहरूलाई राजनीतिक तथा सांगठानिक जीवनबाट पलायन हुन बाध्य बनाएको भट्टराईले जिकिर गरेका छन्।
प्रतिवेदनको पूर्ण पाठ