पेट्रोलियम पदार्थमा प्रति लिटर २६.६२ रुपैयाँ कर कटौती गर्न शेखर कोइरालाको सुझाव
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर कटौती गर्न सुझाव दिएका छन्।
शुक्रबार बिहान ट्वीट गर्दै नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन तथा आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य नघटेसम्म कर कटौती गर्न सुझाव दिएका हुन्।
उनले लेखेका छन्‚ “जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु.१०, सडक मर्मत कर रु.४ र भन्सार र प्रज्ञापन शुल्क रु.२५.२३ को आधा रु.१२.६२ गरी जम्मा रु.२६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस्।”