सरकारले अर्को खम्पा विद्रोह निम्त्याउँदै छः घनश्याम भुसाल
नेकपा (एमाले) नेता घनश्याम भुसालले सरकारले स्टेट पाटनरशिप प्राेग्राम (एसपीपी) मार्फत अर्को खम्पा विद्रोहका लागि वातावरण तयार पारेको आरोप लगाएका छन्।
काठमाडौंमा असार १ गते आयोजित ‘कम्युनिष्ट आन्दोलनः सङ्कट र अबको बाटो’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले एसपीपी नेपालको हितमा नभएको दाबी गरेका हुन्।
“२०३२ सालमा भागेर आएका खम्पाहरूलाई संगठित गरे विद्रोह गराएकाे थियाे। त्यति वेला हामी बालबाल बच्यौं, एसपीपी खम्पा विद्रोह–२ हो,” भुसालले कार्यक्रममा भने, “एसपीपीमा हस्ताक्षर गरेर चीनको आँगनै नजिक विषालु सर्पको खेती गर्न खोजेको छ। यसले हामीलाई युक्रेनको बाटोमा लैजाँदै छ।”
फरक प्रसङ्गमा उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर बनेको नेकपा विभाजित हुनु दुर्भाग्य भएको बताए।