घोप्टेभीरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध
लगातारको वर्षासँगै घोप्टेभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना–४ घोप्टेभीरमा बुधबार दिउँसो पहिरो खसेपछि राजमार्ग अवरुद्ध छ। दुईतर्फी सडक अवरुद्ध हुँदा कैयौं सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
वर्षा लागेसँगै पृथ्वी राजमार्गमा पहिरो खस्दै आएको छ। जसले गर्दा पटक पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ।