‘जमीन बाँझो राख्ने किसानलाई कारबाही गर्ने रे, मल नदिने मन्त्रीलाई चाहिं के गर्ने?’
सांसद रंगमती शाहीले किसानले समयमै मल पाउनुपर्ने विषयमा जोड दिएकी छन्।
जमीन बाँझो राख्ने कृषकलाई कारबाही गर्छु भनेको सरकार आफूले चाहिं समयमा मल दिन नसकेको धारणा राखेकी हुन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसद शाहीले भनिन्, “जमीन बाँझो राख्ने कृषकलाई कारबाही गर्ने रे, कृषकलाई समयमा मल नदिने माननीय मन्त्रीज्यूलाई के गर्ने त जनताले? जनताले मलाई यो प्रश्न सोधेका छन्।”
सरकारले कृषकलाई समयमा मल दिन नसकेका वेला शाहीले विरोध जनाएकी हुन्।