भरतपुरमा ग्लोबल आईएमई ब्यांकको भवन शिलान्यास
ग्लोबल आईएमई ब्यांक लिमिटेडले चितवनको भरतपुरमा अत्याधुनिक कार्यालय भवनको शिलान्यास गरेको छ।
भरतपुर महानगरपालिका-१० भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको शिलान्यास ब्यांकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन्।
यसका साथै‚ चितवनकै सौराहामा प्रबन्धकहरूको तीनदिने भेला गरेको छ। भेलामा करीब ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल ब्यांकिङ सम्बन्धी सचेतना र्यालीको पनि आयोजना गरिएको थियो।
नेपालका ७६ जिल्लामा ग्लोबल आईएमई ब्यांकका २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित ब्यांकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर छन्। यस्तै‚ तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।