संसदीय चुनावको तयारी शुरू, असारदेखि मतदाता नामावली सङ्कलन
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी शुरू गरेको छ।
स्थानीय निर्वाचन सम्पन्न भए लगत्तै आयोगले अर्को निर्वाचनको तयारी थालेको हो। संसदीय निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली सङ्कलन अद्यावधिक शुरू हुने शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गर्न, मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन, नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न र दोहोरो नाम परेको भए हटाउन निवेदन दिन सकिने आयोगले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गराउन सकिने आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।