स्थानीय चुनावको समीक्षा गर्दै एकीकृत समाजवादीका नेता
नेकपा (एकीकृत समाजवादी)का नेताहरू स्थानीय तहको निर्वाचनको समीक्षामा जुटेका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, तीनकुनेमा स्थानीय चुनावको समीक्षा गर्न सचिवालय बैठक बसेको छ। अध्यक्ष माधवकुमार नेपाल सहित सचिवालय सदस्य बैठकमा सहभागी छन्।
स्थानीय चुनावमा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल भएको थियो। तर, गठबन्धनमा सामेल दलहरूले अपेक्षाकृत रूपमा सहयोग नगरेको एकीकृत समाजवादीका नेताले बताउँदै आएका छन्।
पाँच दलीय गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले थुप्रै स्थानमा जित हासिल गरेको भए पनि एकीकृत समाजवादीले भने गठबन्धन भएका केही स्थान पनि गुमाएको छ। यस विषयमा पनि समीक्षा हुने एकीकृत समाजवादीले जनाएको छ।