सार्वजनिक सवारी साधनको भाडा घट्यो‚ कुन रुटमा कति?
सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। आजदेखि लागू हुने गरी भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि विभागले गाडी भाडा पनि घटाएको हो। इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने गर्छ।
पछिल्लो निर्णय अनुसार यात्रुवाहक सवारी साधनमा दुई प्रतिशत भाडा घटेको छ। यस्तै‚ पहाडी बाटोमा सञ्चालन हुने मालवाहक साधनमा २.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक साधनमा २.९ प्रतिशत भाडा घटेको छ।