स्यानिटरी प्याडको भन्सार महसूलमा ९० प्रतिशत छूट
सरकारले स्यानिटरी प्याड आयातमा लगाएको भन्सार महसूलमा छूट दिने घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडमा लगाइएको भन्सार महसूलमा ९० प्रतिशत छूट दिने जनाएका हुन्।
यस्तै‚ स्वदेशमै उत्पादन हुने स्यानीटरी प्याड उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयातमा एक प्रतिशत मात्र भन्सार महसूल लाग्ने सरकारले घोषणा गरेको छ।