एक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल थपिने
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा थप ८०० किलोमिटर सडक सञ्जाल थप्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा थप ८०० किलोमिटर सडक सञ्जाल थपिने जनाएका हुन्। त्यसै गरी २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना छ।
यस्तै‚ पूर्व-पश्चिम रार्जमार्ग स्तरोन्नतिका लागि रु.३० अर्ब ५० करोड बजेट विनिजयोजन गरिएको छ।