गरीब लक्षित खाद्य सुरक्षा परिचयपत्रको घोषणा, कार्यान्वयनमा प्रश्न
सरकारले गरीब र श्रमिक परिवारलाई खाद्य सुरक्षा परिचयपत्र दिने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो परिचयपत्र दिने बताएका हुन्।
हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलेर खाद्य सुरक्षा परिचयपत्रका आधारमा सुपथ मूल्यमा खाद्यान्न दिइने बजेटले घोषणा गरेको हो। तर, यो कार्यक्रम कार्यान्वयनमा भने आशङ्का छ। यसअघि पनि यस्तो घोषणा गरिएको थियो जुन कार्यान्वयन हुन सकेको छैन।
सरकारले गरीब पहिचान गरी गरीब घरपरिवार परिचयपत्र दिने घोषणा हरेक वर्ष गर्दै आए पनि गरीबको समेत पहिचान गर्न सकेको छैन।