गोविन्द बन्दी कानून मन्त्री नियुक्त
अधिवक्ता गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानून, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानून मन्त्री नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा ७८ को उपधारा १ बमोजिम बन्दीलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस्तै, दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री देउवाको सिफारिशमा राष्ट्रपतिले उद्योग मन्त्रालयको कार्यभार सम्हाल्ने गरी बडूलाई कार्यभार तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन्।
यसअघि बडू कानून मन्त्री थिए।