मेलम्चीका लागि मन्त्रीले गरे क्षमा पूजा
खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाका लागि क्षमा पूजा गरेका छन्।
बिहीबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा मन्त्री चौधरीले क्षमा पूजा गरेका हुन्। अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदिओस् भनेर क्षमा पूजा गरिएको जनाएको छ।
गत असारमा मेलम्चीमा बाढी आएको थियो। बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। मेलम्चीमा आएको बाढीले आयोजनाको बाँधस्थलमा क्षति पुगेपछि अहिले मर्मतसम्भार भइरहेको छ।
त्यस्तै, मन्त्री चौधरीले मेलम्ची खानेपानीको बाढीले क्षति पुर्याएको अम्बाथान अडिट बाँधस्थल पुगेर खानेपानी पुनर्वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरेका छन्। सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं लैजाने लक्ष्य लिएको छ।
उनले आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौंमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिएका छन्।