एक लाख म्यादी प्रहरीमा भर्ना खुल्याे
सरकारले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, इच्छुक उम्मेदवारले ६ देखि ११ चैतसम्ममा आवेदन दिन सक्नेछन्। आवेदन फारम सबै जिल्ला प्रहरी कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमा उपलब्ध हुनेछन्।
छनोट भएका उम्मेदवारले रु.३० हजार २४० तलब, रु.सात हजार २०० खाद्यान्न र रु.६ हजार पोशाक लगायत सामग्री खरीदका लागि प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
२०७४ को स्थानीय चुनावमा ७५ हजार म्यादी प्रहरीलाई भर्ना गरिएको थियो।