जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा
जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय सदस्य तथा सांसद प्रदीप यादवमाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ।
गत मंसीरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोध गरेको भन्दै सांसद यादवलाई केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यमा झारिएको थियो। अहिले यादवमाथिको कारबाही फुकुवा गरिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
यादव निकट कार्यकर्ताले वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला जलाएपछि उनी कारबाहीमा परेका थिए।