प्रकाश सपुतलाई 'प्रतिगामी तत्त्वले परिचालन' गरेको माओवादीको निष्कर्ष, ‘पीर’ युट्युबबाट हटाउन दबाब
नेकपा (माओवादी केन्द्र) निकट विभिन्न संगठनहरूले कलाकार प्रकाश सपुतको बहुचर्चित म्यूजिक भिडियो ‘पीर’ युट्युबबाट हटाउन दबाब दिएका छन्।
‘पीर’ कलाकार सपुतको सिर्जना नभई प्रतिगामी तत्त्वले परिचालन गरेको उनीहरूको दाबी छ। ‘...म्यूजिक भिडियो प्रकाश सपुतको मात्रै सिर्जना मान्न सकिंदैन,’ आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको पृष्ठभूमि प्रतिगामी तत्त्वहरूले वैचारिक र राजनीतिक रूपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।’
अनेम संघ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा मगर, घाइते तथा अपाङ्ग योद्धा संघका इन्चार्ज दीपेन्द्रकुमार पुन, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति मार्फत गीत हटाउन दबाब दिएका छन्।
विज्ञप्तिमा माओवादीले हिजो उठाएका मुद्दाहरूको सम्बोधन नभएको भने स्वीकार गरिएको छ।