राप्रपा नेपालको केन्द्रीय समितिमा १७ पदाधिकारी मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा १७ पदाधिकारीको मनोनयन गरेका छन्।
राप्रपा नेपालको विधान अनुसार, अध्यक्ष थापाले बुधबार पदाधिकारी मनोनयन गरेको प्रवक्ता सुरेश आचार्यले जनाएका छन्। राजीव पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्रवीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) राप्रपा नेपालको उपाध्यक्षमा मनोनयन भएका हुन्।
त्यस्तै, महामन्त्रीमा भाष्कर भद्रा (ललितपुर), सुशील श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्तौला (मकवानपुर) मनोनयन भएका छन्। सहमहामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिकाप्रसाद ढकाल (भोजपुर), मुमाराज राई (धनकुटा), शिवकुमार बास्तोला (कास्की), ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) मनोनयन भएका छन्।
राप्रपा छोडेर राप्रपा नेपाल ब्युँताएका थापाले संगठन विस्तार गरिरहेका छन्।