गोपी हमालले छाडे विवेकशील साझा पार्टी
विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल (गोपी) हमालले पार्टी छाडेका छन्।
कैलाली स्थायी घर भएका हमालले मंगलबार विज्ञप्ति मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टी छाडे पनि उनले धनगढीबाट स्थानीय तह निर्वाचन लड्ने घोषणा गरेका छन्।
२०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका हमालले ११ हजार ५२७ मत ल्याएका थिए।
हमालले त्यति वेला नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका उम्मेदवारलाई पछि पारेका थिए।