महेशराज पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्त्व क्षेत्रका विज्ञ नियुक्त
पुराविद् महेशराज पन्त इतिहास तथा पुरातत्त्व क्षेत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिने गरी विज्ञ नियुक्त भएका छन्।
राष्ट्रपति भण्डारीले पन्तलाई इतिहास तथा पुरातत्त्व क्षेत्रको विज्ञ पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जर्मनीको ह्यामबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका पुराविद् पन्त नेपाली इतिहास लेखनका त्रुटि–कमजोरी केलाउन र सच्याउन स्थापित संस्था संशोधन–मण्डलका सदस्य हुन्। उनी संशोधन मण्डलले नै प्रकाशन गर्दै आएको इतिहास–प्रधान पत्रिका पूर्णिमाका सम्पादक समेत छन्।
यस्तै, राष्ट्रपतिले डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव दिने विज्ञका रूपमा नियुक्त गरेकी छन्।