व्याख्यात्मक टिप्पणी कागजको खोस्टो होः एमाले प्रमुख सचेतक
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी सम्झौतासँग संसद्बाट पारित भएको व्याख्यात्मक टिप्पणी कागजको खोस्टो भएको टिप्पणी गरेका छन्।
आइतबार साँझ प्रतिनिधि सभाबाट एमसीसी पारित हुँदा नाराबाजी गरिरहेका भट्टराईले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै भने, “व्याख्यात्मक टिप्पणीको कानूनी र राजनीतिक हैसियत छैन, यो कागजको खोस्टो हो।”
प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन पर्खेको भए नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) व्याख्यात्मक टिप्पणी विनै एमसीसी पारित गर्न तयार हुने भट्टराईले दाबी गरे।