कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा २७ माघ दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। कार्यसम्पादन समिति गठन भएपछि पहिलो बैठक बस्न लागेको हो।
कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका विषयमा छलफल हुने भएको छ। त्यस्तै, अधिवेशन गर्न बाँकी रहेका जिल्लाका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए।
यसका अतिरिक्त स्थानीय तहको चुनाव, अमेरिकी सहयोग परियोजना एमसीसी लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।