एमालेको ५० जिल्लामा नेतृत्व चयन, कहाँ को अध्यक्ष?
नेकपा (एमाले)को जिल्ला अधिवेशनबाट ५० जिल्लामा नेतृत्व चयन भएको छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार मंगलबार बिहानसम्म ५० जिल्लामा जिल्ला कमिटी गठन भएको जानकारी आएको छ। अधिवेशन भएका ६४ जिल्लामध्ये बाँकी जिल्लामा निर्वाचनको प्रक्रिया चलिरहेको छ।
केही जिल्लामा सहमतिमा र केही जिल्लामा चुनावबाट नेतृत्व चयन भएको हो। त्यस्तै, दुई गैरभौगोलिक विशेष समितिमा पनि नेतृत्व चयन भएको छ।
हिमाली क्षेत्रका सहित १३ जिल्लामा अधिवेशन हुने सकेको छ। कतै आन्तरिक विवाद त कतै मौसमको खराबीले अधिवेशन हुन नसकेको एमालेले जनाएको छ।
नेतृत्व चयन भएका जिल्लाः
प्रदेश १
१) झापाः दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली
५) तेह्रथुमः तेजमान कन्दङवा
६) पाँचथरः राजकुमार भण्डारी
७) भोजपुरः शरणकुमार राई
८) इलामः महेश बस्नेत
९) सोलुखुम्बुः डुफकुमार बास्तोला
१०) उदयपुरः प्रमेश्वर घिमिरे
११) ओखलढुंगाः शंकर कटुवाल
१२) ताप्लेजुङः भुपेन्द्रबहादुर थेबे
प्रदेश २
१) सप्तरीः ताराकान्त चौधरी
२) सिरहाः बिन्देश्वर मण्डल
बागमती
१) धादिङः भूमि त्रिपाठी
२) काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु
३) भक्तपुरः बचन देउजा
४) रसुवाः कर्णेल तामाङ
५) रामेछापः आनन्दकुमार श्रेष्ठ
६) नुवाकोटः बद्री मैनाली
७) मकवानपुरः एकलाल श्रेष्ठ
८) काठमाडौंः दीपक निरौला
९) ललितपुरः पुरुषोतम आचार्य
१०) सिन्धुलीः कुमारबहादुर कार्की
११) दोलखाः नरबहादुर श्रेष्ठ
गण्डकी
१) गोरखाः प्रेम गुरुङ
२) तनहुँः श्रीप्रसाद श्रेष्ठ
३) म्याग्दीः देवेन्द्र केसी
४) लमजुङः कृष्णप्रसाद अधिकारी
५) बागलुङः हिराबहादुर केसी
६) पर्वतः राजु पौडेल
७) नवलपुरः मुक्ती पाण्डे
लुम्बिनी
१) पाल्पाः धनेन्द्रराज घिमिरे
२) गुल्मीः बालकृष्ण काउछा मगर
३) अर्घाखाँचीः पिताम्बर भुसाल
४) बाँकेः किस्मतकुमार कक्षपती
५) बर्दियाः लालबहादुर श्रेष्ठ
६) दाङः हुकुमबहादुर बस्नेत
७। रुपन्देही – तेजेन्द्र केसी
८) कपिलवस्तुः डम्मर शर्मा
९) नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी
१०) प्युठानः विजयविराज विष्ट
कर्णाली
१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर
३) जुम्लाः शान्तिलाल महत
४) रुकुमः नन्दराम देवकोटा
सुदूरपश्चिम
१) डडेल्धुराः प्रकाश साउद
२) बैतडीः सुरेन्द्र पाल
३) डोटीः चक्र मल्ल
४) कैलालीः रतन थापा
गैरभौगोलिक जिल्ला
१) मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेषः उमेश ढकाल