एमालेको ३९ जिल्लामा नेतृत्व चयन, कहाँ को?
नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट ३९ जिल्लामा नेतृत्व चयन भएको छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार ३९ जिल्ला र दुई गैरभौगोलिक क्षेत्रमा नेतृत्व चयन भएको छ। केहीमा सर्वसम्मत र केहीमा निर्वाचन भएको एमालेले जनाएको छ।
२३ पुसमा एमालेको ६४ जिल्ला अधिवेशन शुरू भएको थियो। बाँकी जिल्लामा सौसम र आन्तरिक विवादले अधिवेशन हुन सकेको थिएन।
अधिवेशन शुरू भएका जिल्लामा नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ। अझै पनि कतिपय जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ भने केहीमा निर्वाचन प्रक्रिया चलिरहेको छ।
नेतृत्व चयन भएका जिल्लाः
प्रदेश १
१) झापाः दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली
५) तेह्रथुमः तेजमान कन्दङवा
६) पाँचथरः राजकुमार भण्डारी
७) भोजपुरः शरण राई
८) इलामः महेश बस्नेत
९) सोलुखुम्बुः डुफकुमार बास्तोला
प्रदेश २
१) सप्तरीः ताराकान्त चौधरी
बागमती
१) धादिङः भूमी त्रिपाठी
२) काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु
३) भक्तपुरः बचन देउजा
४) रसुवाः कर्णेल तामाङ
५) रामेछापः आनन्दकुमार श्रेष्ठ
६) नुवाकोटः बद्री मैनाली
७) मकवानपुरः एकलाल श्रेष्ठ
८) काठमाडौंः दीपक निरौला
९) ललितपुरः पुरुषोतम आचार्य
१०) सिन्धुलीः कुमारबहादुर कार्की
गण्डकी
१) गोरखाः प्रेम गुरुङ
२) तनहुँः श्रीप्रसाद श्रेष्ठ
३) म्याग्दीः देवेन्द्र केसी
४) लमजुङः कृष्णप्रसाद अधिकारी
५) बागलुङः हिराबहादुर केसी
लुम्बिनी
१) पाल्पाः धनेन्द्रराज घिमिरे
२ं) गुल्मीः बालकृष्ण काउछा मगर
३) अर्घाखाचीः पिताम्बर भुसाल
४) बाँकेः किस्मत कुमार कक्षपती
५) बर्दियाः लालबहादुर श्रेष्ठ
६) दाङः हुकुमबहादुर बस्नेत
७) रुपन्देहीः तेजेन्द्र केसी
८) कपिलवस्तुः डम्मर शर्मा
९) नवलपरासी (पश्चिम)ः दीपेन्द्र अधिकारी
कर्णाली
१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर
३) जुम्लाः शान्तिलाल महत
सुदूरपश्चिम
१) डडेल्धुराः प्रकाश साउद
२) बैतडीः सुरेन्द्र पाल
गैरभौगोलिक जिल्ला
१) मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेषः उमेश ढकाल