राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिह्न प्रदान, कसलाई कुन चिह्न?
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि आयोगले आइतबार अन्तिम नामावली प्रशासन गरेको हो। यससँगै आयोगले उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गरेको छ।
१२ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ। १९ सीटमा हुन लागेको चुनावमा सबै तयारी पूरा भएको आयोगले जनाएको छ।