गठ्ठाघरमा सनराइजको शाखा विस्तार
सनराइज ब्याङ्कले भक्तपुरको गठ्ठाघरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज ब्याङ्कले भक्तपुरको गठ्ठाघर चारदोबाटोमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हाे ।
बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्क, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, ब्याङ्कका सञ्चालक दिपक नेपाल र ब्याङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
कार्यक्रममा ब्याङ्कका नायब महाप्रबन्धक अपछकुमार यादव लगायत ब्याङ्कका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो ।
यो समेत गरी ब्याङ्कका शाखाको संख्या १०६ पुगेको छ । साथै ब्याङ्कले नेपाल अधिराज्यभर २९ वटा शाखारहित ब्याङ्किङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।